काठमाडौँ – पृथकतावादी आन्दोलन छाडेर भर्खरै राष्ट्रिय राजनीतिको मूलधारमा आएका डाक्टर सीके राउत (चन्द्रकान्त राउत)ले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई असक्षम र भ्रष्ट भएको आरोप लगाएका छन् ।
पर्सा र बारा हुरीबाट प्रभावित जनतालाई १०–२० दिन सामूहिक मेस सञ्चालन गरेर दालभात खुवाउन नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई सीके राउतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि ? मुख्यमंत्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन । भोजभतेर मैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन ।
जनतासँग छाला काढे सरी कर बढाएर उठाएको करौडौं रुपैयाँ पोखरी र मंदिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन । तर अहिले भोक–भोकै घरबारविहिन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०–२० दिन सामूहिक रुपमा मेस संचालन गरेर दाल–भात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ । हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ? के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो ? दमन गर्न मात्रै हो ?’
![]()
मुख्यमंत्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन ७३ लाख खर्च गर्न केन्द्र बाधा भएन, भोजभतेर मैं ४ करोड स्वाहा गर्न केन्द्र बाधा भएन, अहिले भोक-भोकै बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०-२० दिन दाल-भात खुवाउन केन्द्र बाधा भयो ? #असक्षम #भ्रष्ट #दलाल #प्रदेश_नं_२_सरकार
प्रतिक्रिया