भक्तपुरमा बर्डफ्लु भेटियो

७ बर्ष अगाडि

भक्तपुर – भक्तपुरको दधिकोट नगरपालिकामा बर्डप्लु भेटिएको छ । दधिकोट नगरपालिका– १ स्थित तर्खगालको बहुउद्देश्य कृषि फर्ममा बर्डफ्लु देखिएको हो ।

कृषि फार्ममा बर्डफ्लु भेटिएपछि २८ साता पुगेका २ हजार ९ सय ८५ कुखुरा मारिएको छ । फर्ममा कुखुरासहित १ सय पचास किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको पशु विद् डा.चन्द्र ढकालले जानकारी दिए ।

वरिष्ठ पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गर्ने काम भएको हो । ढकालले उक्त चार किल्लाभित्रका कुखुरालाई नष्ट गरी खाडलमा पुरिएकोे बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया