काठमाडौँ – घरजग्गा व्यवसायी तथा ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत विरुद्ध प्रहरीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउने भएको छ ।
प्रहरीले उनी विरुद्धको मुद्दामा ४ अर्ब ९९ करोड १३ लाख ८१ हजार ३ सय ३४ रुपैयाँ विगो दाबी कायम हुने भएको छ ।
प्रहरीले सहकारी ऐन २०७४ को दफा १ सय २२ अनुसार मुद्दा चलाउने गरी काठमाडौं जिल्ला अदालतमा लैजाने तयारी थालेको छ ।
पटक–पटक पक्राउ पर्दै छुट्दै आएका बस्नेतलाई प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको भीमसेनगोलाबाट बुधबार साँझ मिटिङ गरिरहेको अवस्थामा फेरि पक्राउ गरेको थियो ।
प्रतिक्रिया