ट्रमामा भित्रियो अत्याधुनिक अस्पताल, एम्बुलेन्सभित्रै हुनेछ उपचार

७ बर्ष अगाडि

काठमाडौँ – ट्रमा सेन्टर संचालन भएको ३ वर्षपछि अत्याधुनिक सेवा सहितको एम्बुलेन्स संचालनमा आएको छ । लामो समयदेखि सामान्य एउटा एम्बुलेन्सले काम चलाउँदै आएको राष्ट्रिय ट्रमा सेन्टरलाई नयाँ एम्बुलेन्स प्रदान गरिएको हो । 

वीर अस्पतालले खरिद गरेको ३ वटा अत्याधुनिक सेवा सहितको एम्बुलेन्स मध्ये एउटा राष्ट्रिय ट्रमा सेन्टरलाई दिइएको हो ।  यस्तै एउटा वीरले नै राख्ने छ भने  अर्को एउटा संसद भवनमा राख्ने सरकारले निर्णय गरेको छ । 

देशको एक मात्रै ट्रमा सेन्टरमा यस भन्दा पहिला अक्सिजन मात्रै जोडिएको सामान्य एम्बुलेन्स संचालन हुँदै आइरहेको थियो । सो एम्बुलेन्स भारतीय राजदूतवासले ट्रमा सेन्टरको आधिकारिक उद्घाटनको समयमा प्रधानमन्त्री नरेन्द्र मोदीले हस्तान्तरण गरेका थिए । 

नयाँ “क” वर्गको एम्बुलेन्समा दुई वटा अक्सिजनको सिलिण्डर ,सक्सर ,आगो निभाउने मेसिन, भेन्टिलेटर, स्ट्रेचर, व्हीलचियर, वासिङ, ड्रेसिङ, लगायतका सुविधानहरु रहेका छन् । इन्डीयन फोर्सको नयाँ एम्बुलेन्समा सामान्य अप्रेशन सम्म गर्न मिल्ने सुविधाहरु जोडिएको छ । 
 

नयाँ एम्बुलेन्समा ट्रमाका गम्भीर बिरामीलाई ल्याउँदै गर्दा बाटोमा उपचार गर्न पनि सकिने सुविधा रहेको छ । सो एम्बुलेन्समा हेल्थ असिसटेन्ड अनिवार्य बस्नु पर्ने छ भने बिरामी लिनको लागि धेरै पटक डाक्टर आफै पनि एम्बुलेन्समा गइसकेका छन् ।  

महत्वपूर्ण स्वास्थ्य सेवा दिने ट्रमा सेन्टरले आफैले भने हालसम्म पनि एम्बुलेन्स खरिद गर्न सकेको छैन।

७ बर्ष अगाडि

प्रतिक्रिया