नेपाल एग्रो लघुवित्तको आइपिओ आउँदै, गर्ने होइन लगानी ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले रु एक करोड ६१ लाख को प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ । संस्थाले सर्वसाधारण तर्फको ३२.५० प्रतिशत अर्थात एक लाख ६१ हजार ७७८ कित्ता प्राथमिक शेयर निष्काशन गर्नेछ ।

संस्थाले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको लागि नेपाल एसबिआई मर्चेन्टलाई नियुक्त गरेको छ । संस्थाको हालको चुक्ता पूँजी रु तीन करोड ३६ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी रु चार करोड ९७ लाख पुग्नेछ ।

दुई वर्ष अगाडि स्थापना भएको संस्था चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकबाट नाफा देखिन थालेको छ ।

संस्थाले पुससम्ममा ७२ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु ३७ करोड ७९ लाख निक्षेप संकलन गरि रु ४९ करोड १० लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

संस्थाको प्रमुख कार्यकारी अधिकृतमा तेजेन्द्र शर्मा लम्साल छन् भने अध्यक्षमा रमेशकुमार कर्माचार्य रहेका छन । संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा सञ्चालन गर्दै आएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया