काठमाडौं – काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो अर्थात फाष्टट्रयाक नेपाली सेनाले चार वर्षभित्र निर्माण गरेर सरकारलाई बुझाउनुपर्ने कार्यादेश छ ।
कूल ७६ किलोमिटर सडक कस्तो हुने र कसरी काम गर्ने भन्ने प्रश्नको जवाफ विस्तृत परियोजना प्रतिवेदन–डीपीआरले मात्र दिन सक्छ, जुन निर्माणकै चरणमा रहेको छ । केही समय पहिले कोरियाली कम्पनीले फ्रास्ट ट्रयाकको डिपिआर नेपाली सेना र रक्षा मन्त्रालयलाई बुझाएको छ । तर हालसम्म सेनाले १७ हजारभन्दा बढी रुख काटिसकेको छ । पुरानै अध्ययनलाई आधार मान्दा पनि करिब १४ हजार रूख मात्रै काट्नुपर्ने हो, जुन सडकले ओगट्थ्यो ।
पुल र सुरूङ क्षेत्रमा अझै कति रूख काटिने हुन , एकीन छैन । सेनाले जहाँजहाँ रुख कटान गर्नुपर्ने भन्छ, वन कार्यालयले त्यही क्षेत्रमा काट्नुपर्ने रुखमा चिन्ह लगाइदिन्छ ।
मकवानपुरमा मात्र यसरी १५ हजार रुख काटिसकिएको छ । राष्ट्रिय गौरवको आयोजना भएकोले पनि सेनाले जिम्मा लिएपछि द्रूतमार्ग द्रूर्त गतिमै काम गर्नैपर्छ ।
तर पर्यावरणीय क्षति र त्यसको परिपूरणबारे लेखाजोखा नै नगरी बिना अध्ययन रूख मात्र काट्दै जाने तर परियोजनाका अरू आधारभूत काममा ढिलाइ गर्ने हो भने वन पनि नरहने, पूर्वाधार पनि अनिश्चित बन्ने जोखिम उत्तिकै छ ।
प्रतिक्रिया