काठमाडौ – नेपालमा हावाहुरी र आँधीबाट हुने जोखिम बहन गर्ने बिमितहरु अत्यन्त न्यून रहेको पाइएको छ ।
आइतबार साँझ आएको हावा हुरीका कारण बारा र पर्साका सयौं घर ध्वस्त भएका छन् । गरिब जनताको सम्पत्ति भनेकै घर हो । तर त्यस्ता घर तथा आवास एवम् अन्य भौतिक पूर्वाधारको बीमा गर्नेहरुको संख्या असाध्यै न्यून अर्थात छँदै छैन नै भन्दा पनि हुन्छ ।
हावाहुरीबाट आईपर्ने विपत्तिमा बीमाको भूमिका महत्वपूर्ण हुन्छ । बारा र पर्सा जिल्लामा आएको विनासकारी हावाहुरीले पुर्याएको क्षतिको घटनाले बीमाको महत्वलाई अझै बढाएको छ ।
पहिले र अहिले बीमा गर्ने शीर्षकहरु केही फरक भएका छन, तर जे भएपनि जोखिम वहन गर्न बीमा सदैव आवश्यक भएपनि त्यसतर्फ ध्यान दिइएको छैन ।
बीमा समितिले गत माघ १ गतेबाट हावाहुरी र आँधी सम्बन्धी बीमा समेत ‘सम्पती बीमा’ अन्तर्गत पर्ने गरी निर्देशिका जारी गरिसकेको छ । सो भन्दा अगाडि भने आँधीहुरीसँग सम्बन्धित बीमा, बिमितलाई सोधेर ऐच्छिक रुपमा गर्ने चलन थियो । हाल भने सम्पत्तीको बीमा गरेपश्चात जुनसुकै कारणबाट नोक्सान भएपनि त्यसको जोखीम बहन हुने गर्छ ।
बीमा गर्नुको अर्थ सुरक्षणको आवश्यकता भएकाले आँधीहुरी, भुकम्प, चटयाङ, उल्का वर्षा, हुलदंगा कुनै कारणबाट क्षती भएमा त्यसको जोखिम बहन हुन्छ । निर्देशिका आउनुभन्दा अगाडि बिमितले ‘सम्पती बीमा’ ऐच्छिक भन्दापनि अनिवार्य गर्न आवश्यक मानेको छ ।
साथै, बीमाका पोलिसिले कभर गर्न नमिल्ने गरी युद्ध लगायतका घटना घटेमा जोखिम बहन हुँदैन । यस्ता अपवाद भन्दा बाहेकको अवस्थामा सम्पत्ती बीमाले सबै प्रकारको जोखिम वहन हुन्छ । बिमितलाई एक्कासी पर्न सक्ने जोखिमको बारेमा सो बीमा सहायक सिद्ध हुने देखिन्छ ।
नेपालमा आँधी तथा प्राकृतिक विपत्तीको बीमा हामीले बिमित खोजिखोजी गर्नुपर्ने अवस्था छ, हाम्रो खोजतलास जति भएपनि यस क्षेत्रमा बीमा चाँही अत्यन्त न्यून रहेको छ । पछिल्लो समय हावाहुरी कै कारण बारा, पर्सामा धनजनको क्षती भएपनि त्यहाँ बीमा निकै कम मात्रा भएको पाईन्छ ।
बारा तथा पर्साको अधिकांश घरमा हावाहुरीले क्षती पुर्यायो । ठूलै क्षती पुगेका घरहरु कच्ची थिए । सोही कारणपनि त्यस्ता घरको बीमा नभएको बीमा कम्पनीले जनाएका छन् । बारा र पर्सामा पक्की घरमा कम क्षती भएको पाईन्छ ।
हावाहुरीले क्षति पुरयाएका बारा र पर्साका घरको बीमा नभएको भएपनि उद्योगको भने बीमा भएको छ । घरको बीमा नगरेपनि उद्योगको बीमा गरिएको छ । बीमा गरेकै कारण उद्योगमा समस्या नभएपनि आवासमा भने समस्या रहेको पाइएको छ ।
प्रतिक्रिया