काठमाडौं – हिमालयन उर्जा विकास कम्पनीले सर्वसाधारणको लागि १४ लाख ८५ हजार कित्ता प्राथमिक शेयर निष्कासन गरेको छ।
कम्पनीले सर्वसधारणको लागि निष्कासन गरेको मध्ये तीन प्रतिशत कम्पनीका कर्मचारीहरुको लागि र ५ प्रतिशत सामुहिक लगानीकोषका लागि छुट्याएको छ। बाँकी १३ लाख ६६ हजार २ सय कित्ता सर्वसाधारणहरुको लागि बिक्री खुला गरेको हो ।
कम्पनीले पहिलो चरणमा चैत्र २५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा बैशाख १९ गतेसम्म सार्वजनिक निष्कासन गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ।
प्राथमिक शेयरमा आवदेनका लागि नेपाल धितोपत्र बोर्डबाटा आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयरमा खाता खोलेकाले अनलाइनबाटै आवदेन दिन सक्ने छन ।
क्रेडिट रेटिङ नेपालले गरेको रेटिङ अनुसार कम्पनीले ’इक्रा एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । यसले कम्पनीको औसत वित्तीय अवस्था रहेको जनाउँछ ।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमामा बग्ने खिम्ति खोलामा दुईवटा आयोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्ति आयोजनाको जम्मा लागत एक अर्ब ९१ करोड रुपैयाँ र अपर खिम्ति आयोजनाको जम्मा लागत एक अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हालसम्म उक्त आयोजनाहरुको काम ५५ प्रतिशत सकिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया