एक सय ७३ रोपनी जग्गाकाण्डः नेपाल ट्रस्ट अदालत जाँदै

७ बर्ष अगाडि

काठमाडौं –गैरकानुनी रुपमा व्यक्तिका नाममा लालपुर्जा बनाई बाँडिएको एक सय ७३ रोपनी पाँच पैसा जग्गा फिर्ता ल्याउन नेपाल ट्रस्ट सक्रिय भएको छ।
 ट्रस्टले आफू जग्गाधनी रहेको जग्गा मोहीका नाममा गराउन भएका गैरकानुनी कामको प्रमाण संकलन गरिरहेको छ। तथ्य संकलन भएपछि प्रमाणका साथ अदालतमा मुद्दा दायर गर्ने ट्रस्टले जनाएको छ।

नेपाल ट्रस्टका सूचना अधिकारी अमृत महर्जनले काठमाडौंका विभिन्न स्थानका एक सय ७३ रोपनी जग्गासँग सम्बन्धित कागजपत्र संकलन भइरहेको बताए। नागरिक दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया