आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा

७ बर्ष अगाडि

 काठमाण्डौ महानगरपालिका-५ कालोपुलमा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.९७ प.१५६७ नम्बरको स्कुटीचालक जोरपाटी बस्ने सिन्धुली मरीन गाँउपालिका-३ का राजु बम्जन पक्राउ परेका छन् ।
 मादक पदार्थ सेवन गरी सवारी चाएकाले कारवाहीबाट वच्न बम्जनले प्रहरीलाई नगद ३ हजार रूपैया दिई आर्थिक प्रलोभनमा पारी कारवाहिबाट बच्न खोजेका थिए । निजलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया