बुटवल – गत बुधबार साँझ बुटवल मैनाबगरमा भएको फिरोज हत्याकाण्डमा श्रीमतिको संलग्नता रहेको खूलेको छ ।
हत्या गरिएका ४५ बर्षिय फिरोज अन्सारी (खाँन) की श्रमिति साहिन खातुनसगै प्रेम सम्वन्ध रहेका भारत बिहार बेतिया ४२ बर्षिय साधिर हुसेनले हत्या गरेको प्रहरीले जनाएको छ । खातुन र हुसेन नाताले साली भेना हुन् ।
बर्षेदेखी सालीसगँ प्रेम सम्वन्ध रहेका हुसेनले बुधबार साँझ कामबाट कोठामा फकर्दे गरेका फिरोजलाई कोठा आउदै गर्दा गेटनिर गोलि प्रहार गरेर फरार रहेका थिए ।
मोटरसाईलकामा आएका हुसेनले गोली हानी नवलपरासीको त्रिवेणीबाट भागेको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले बताए । मृत्तक फिराजकी श्रीमति ३२ बर्षिय साहिन खातुनलाई प्रहरीले नियन्त्रणा लिई अनुसन्धान गरिरहको छ । प्रहरीले फरार रहेका हुनेसको खोजी गरेको छ ।
प्रतिक्रिया