मोदीको लागि भोट मागेपछि फसे राज्यपाल कल्याण सिंह

७ बर्ष अगाडि

भारत – राजस्थान का राज्यपाल कल्याण सिंह विरुद्ध आचार संहियता उलङ्घन गरेको आरोप लागेको छ । 

अघिल्लो हप्ता राज्यपाल कल्याण  सिंहले अलीगढमा दिएको एक अभिव्यक्तिका कारण उनिविरुद्ध आचार संहियता उलङ्घन गरेको आरोप लागेको हो । 

अलीगढमा सिंघले भनेका थिए, सबैले यहि चाहेका छन्, मोदीलेनै चुनाव जितुन् । उनि नै पुन प्रधानमन्त्री बन्न देशको लागि जरुरी छ सिंघले भनेका थिए । 
भारतीय संच्चारमाध्यमका अनुसार उनले दिएको सो अभिव्यक्तिका कारण उनि आफै फसेका छन् । 

उनको यस अभिव्यक्तिले राज्यपालको धज्जी उडाएको भन्दै भारतीय कांग्रेस पार्टीले  उनले राजीनामा दिनुपर्ने बताएका छन् । यदि उनले आफै राजीनामा नदिए राष्ट्रपतिले बर्खास्त गर्नुपर्ने बताएको छ । 

भारतीय मिडिया एनडिटिभि इन्डियाले सुत्रको हवला दिदै लेखेको छ,अब सिंघले चुनाव आयोग राष्ट्रपति रामनाथ कोविदलाई चिठ्ठि लेखेर त्यो अभिव्यक्तिलाई संज्ञान लिन भन्ने छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया