काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशका लागि न्याय परिषद्ले ५ जनाको नाम सिफारिस गरेको छ ।
न्यायपरिषदको मंगलबार बसेको बैठकले सर्वाेच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
सिफारिस गरिएको नाममा प्रकाश ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मा रहेका छन् ।
सिफारिस पाँचै जनाले संसदीय सुनुवाइ समितिबाट सुनुवाइ भएपछि मात्रै उनीहरुले पद तथा गोपनियताको सपथ लिने छन् ।
उच्च अदालतमा १७ दरबन्दी खाली भएपनि पाँच जनामात्र नियुक्ति सिफारिस भएका हुन् ।
प्रतिक्रिया