काठमाडौँ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक २७ विकेट लिने स्पिनर बनेका छन् । सोमबार राती इन्डियन प्रिमियर लिग अन्तरगत १३ औं खेलमा किंग्स इलाभेन पन्जावसँग ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारेका हुन् ।
सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् । यससँगै सन्दीप सन् २०१९ मा सर्वाधिक २७ विकेट लिने स्पिनर बनेका हुन् ।
यसरी पुग्यो २७ विकेट
सन्दीपले बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्दै ६ खेलमा ४ विकेट लिएका थिए । त्यसपछि यूएसँगको ३ टी २० सिरिजमा ५ विकेट लिन सफल भएका थिए । सन्दीप यूएईसँगको सिरिजपछि पुन बिग ब्यास खेल्न जादै मेलवर्न स्टार्सबाट ३ विकेट लिए ।
बंगलादेश प्रिमियर लिग खेल्न जानु अघि ४ खेलमा ८ विकेट लिएका थिए ।जस मध्य एक विकेट सन् २०१९ मा थियो । पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आईपीएलमा सुरुवाती २ खेलमा ३ विकेट लिएपछि २७ विकेट पुगेको हो ।
प्रतिक्रिया