काठमाडौं – आइतबार राति बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा माहामारीजन्य रोगहरु फैलिन नदिन विशेष सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख डा विवेक लालले माहामारी फैलन नदिन बिहानै विशेषज्ञसहितको टोली हावाहुरी प्रभावित स्थानमा पुगिसकेको बताए ।
“अहिलेसम्म कुनै समस्या देखिएको छैन् । भविष्यमा पनि कुनै पनि समस्या आउन नदिन स्थानीय वडाको खानेपानी सरसफाई मुख्य समितिको बैठक बसेको जानकारी आएको छ", उनले भने, हामी केही विशेषज्ञसहितको टोली पानी शुद्धिकरण गर्ने औषधीसहित त्यस स्थानमा जादैछौं ।"
हवाहुरीमा घाइते भएकाहरुको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल अस्पताल, गण्डकी अस्पताल, कलैया अस्पताललगायत विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी हावाहुरीमा घाइते भएका ११ जनाको काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङमा उपचार भइरहेको छ । जसमा दुई जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिक्रिया