राष्ट्रपति र प्रधानमन्त्रीबारे अनावश्यक पोष्ट गर्नेलाई कारवाही गर्छाे : मन्त्री बास्कोटा

७ बर्ष अगाडि

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा अनावश्यक पोष्ट गर्नेहरुलाई कारवाही गर्ने बताएका छन् । 

सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथी विकास तथा प्रविधि समितिमा बोल्दै उनले राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धबारे अनावश्यक पोष्ट गर्नेहरुलाई कारवाही गर्ने बताएका हुन् ।

‘सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा गरिएका पोष्टहरु हामीसँग सुरक्षित छन्, अब त्यस्तालाई छाड्दैनौं’ मन्त्री बास्कोटाले भने । उनले देश टुक्र्याउँछु भन्दै फेसबुक र युट्युबमा भिडियो हाल्नेहरुलाई पनि कारवाही गरिछाड्ने स्पष्ट पारे ।

७ बर्ष अगाडि

प्रतिक्रिया