सगरमाथाको शिखर चुम्दै त्रिविका विद्यार्थी

७ बर्ष अगाडि

काठमाडौं – त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थी दावा शेर्पा सगरमाथा चढन लाग्नुभएको छ ।  
सोलुखुम्वु जिल्लाको दुधकुण्ड नगरपालिका निवासी शेर्पा मानवशास्त्र केन्द्रीय विभागका थेसिस गर्दै गरिरहेका विद्याथी हुनुहुन्छ । उहाँले सगरमाथाको शिखर चुम्ने पहिलो विश्वविद्यालयको छात्रको रुपमा विश्वकीर्तिमान कायम राख्ने लक्ष्य राख्नुभएको छ । 
त्रिवि उपकुलपति प्रा.डा तीर्थराज खनियाले शेर्पालाई त्रिवि र नेपालको झण्डा दिएर सम्मान गर्दै सगरमाथा आरोहणको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयको नाममा विश्वकै पहिलो विद्यार्थीको विश्वकिर्तिमान राख्न गइरहेका दावा शेर्पाको सफल आरोहणको कामना गर्दै विश्वविद्यालयको झण्डा सगरमाथामा फर्फराएर विश्वका त्रिविको सम्मान उच्च राख्न लाग्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । 
२०४२ साल जेठ १५ गते सोलुखुम्वुमा जन्मनुभएका शेर्पा पर्वतारोहण व्यवसायमा संलग्न रहँदै आउनुभएको छ । पर्वतारोहणमा  राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम समेत प्राप्त गरिसक्नुभएका उहाँ सानैदेखि हिमाल चढन सौखिन रहेको बताउनुभयो । उहाँको आरोहण मे ५ वाट विधिवत रुपमा शुरु हुनेछ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया