काठमाण्डू उपत्यका र मध्य नेपालका विभिन्न स्थानमा आइतवार साँझ तीव्र गतिको हावा चल्यो।
हावाका कारण साँझ ६:०४ मिनेटदेखि ६:४१ मिनेटसम्म विमानस्थल बन्द गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले जानकारी दिए।
त्यसबाट दुई दर्जनभन्दा बढी उडान प्रभावित भएका थिए।
मौसममा भएको बदलीका कारण उत्पन्न हावाहुरीले २२ वटा आन्तरिक र चारवटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको पौडेलले बताए।
काठमाण्डूमा उत्पन्न हावाहुरी र बारा तथा पर्सा जिल्लालाई साढे सात बजेपछि प्रभावित पार्ने हावाहुरीबीच सम्बन्ध भएको हुन सक्ने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजु कुमार वैद्य बताउँछन्।
प्रतिक्रिया