सांसदहरुको एक दिनको तलब हावाहुरी प्रभावितलाई दिलाउन योगेशको माग

७ बर्ष अगाडि

काठमाडौँ – नेकपा सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई सांसदहरुको एक दिनको तलब सहयोग स्वरुप दिलाउन  प्रस्ताव राखेका छन् । 

भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका हुन् ।

भट्टराईका अनुसार  नेम्वाङले भने यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर निर्णय गर्ने  बताएका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया