बारा र पर्सामा २७ जनाको मृत्यु, ६१२ घाइते (अपडेट)

७ बर्ष अगाडि

बारा र पर्सामा भीषण हावाहुरीका कारण २७ जनाको ज्यान गएको सरकारले पुष्टि गरेको छ । बारामा २५ र पर्सामा २ जनाको ज्यान गएको हो ।

हावाहुरीका कारण ६ सय २१ जना घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । प्रधानमन्त्रीका अनुसार घाइते भएकामध्ये ३४३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा राहत वितरण कार्य सुरु भएको बताए । उनले राहत सामग्रीसहित नेपाल प्रहरीको टोली परिचालन गरिएको जनाए । सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘राहत सामग्रीसहित नेपाल प्रहरीको थप टोली बिहान पौने ५ बजे पुगेको छ ।’

६१२ जना घाइते भएकामध्ये ३४३ जना उपचारपछि घर फर्किएको समेत उनले बताए । ‘घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी राख्नेछैन’, उनले भने ।

७ बर्ष अगाडि

प्रतिक्रिया