काठमाडौँ – विभिन्न तीन कम्पनीको साधारण शेयर निष्काशन गर्ने भएका छन् ।
लिवर्टी हाइड्रोपावरले रु ३७ करोड ५० लाख को प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।
यस्तै आँधिखोला लघुवित्तले रु ४ करोड र सबैको लघुवित्तले रु ५ करोड ३१ लाखको प्राथमिक शेयर निष्काशन गर्र्ने भएका छन् । शेयर बिक्रीका लागि ती कम्पनीले रेटिङ गराएका छन् ।
नेपाल राष्ट्र बैंकको नियम अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको तीन वर्ष भित्रमा प्राथमिक शेयर निष्काशन गरिसक्नुपर्छ । यहि नियम अनुसार दुबै संस्थाले प्राथमिक शेयर निष्काशनको तयारी गरेका हुन ।
प्रतिक्रिया