बारा र पर्साको घटनाले राष्ट्रिय समाजवादी पार्टी, नेपाल मर्माहित

७ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रिय समाजवादी पार्टी, नेपालले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले अकल्पनीय ठूलो जनधनको क्षति पु¥याएको भन्दै दुःख प्रकट गरेको छ । 

राष्ट्रिय समाजवादी पार्टी, नेपालले  आज एक विज्ञप्ति जारी गर्दे सो घटनाले आफु एकदमै मर्माहित तुल्याएको बताएको छ । 

संयोजक रुद्र जंङ पुलामीद्वार जारी उक्त विज्ञप्तिमा भनिएको छ,उक्त हावाहुरीका कारण दुइ दर्जन भन्दा बढी मानिसले अकालमा ज्यान गुमाउनु परेको र सयौँ मानिस घाइते भएको भन्दै मृतक परिवारजनलाई उचित क्षतिपुर्ती र घाइतेहरुको प्रभावकारी उद्धार र निशुल्क उपचार गरियोस भनि जोडदार माग गर्दछौँ । 

विज्ञप्ति:

७ बर्ष अगाडि

प्रतिक्रिया