आँधीबाट मृत्यु भएकाको परिवारलाई जनही तीन लाख दिने प्रदेश सरकारको घोषणा

७ बर्ष अगाडि

काठमाडौं– आइतबार साँझ आएको हावाहुरीका कारण ज्यान गुमाएकाको परिवारलाई प्रदेश नम्बर २ सरकारले जनही तीन लाख राहत दिने घोषणा गरेको छ । 
प्रदेश सरकारको सोमबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले सो घोषणा गरेको हो । 

 बैठकले आइतबार राति हावाहुरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ ।
हावाहरीका कारण ३१ जनाको ज्यान गएका छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया