जीप दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत

७ बर्ष अगाडि

ओखलढुङ्गा – ओखलढुङ्गामा स्कार्पिओ जीप दुर्घटनामा ज्यान गुमाएका सबै ६ जनाको सनाखत भएको छ । 

मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी नजीकै भडारे खोलामा स्कार्पियो दुर्घटनामा ज्यान गुमाउनेमा ताप्लेजुङ, ओलाङ्चुङ्गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा तथा काठमाडाँै बौद्धका ४० वर्षीय ङवाङसेर्तुङ शेर्पा, ३५ वर्षीय नोर्बु शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार ज्यान गुमाएकामध्ये चार पुरुष र दुई महिला छन् । सोलुखुम्बुको जुनबँेसी गुम्बाबाट पूजापाठ गरेर काठमाडाँै फर्कंदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को जीप दुर्घटनामा परेको थियो । 

जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी चालक कृष्ण श्रेष्ठसहित तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको उदयपुरको घुर्मीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया