काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फेसबुक, ट्वीटर जस्ता सञ्चार क्षेत्रलाई प्रतिवन्ध लगाउने कुरा झुटो भएको पुन दोहो¥र्याएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री बाँस्कोटाले कसले फेसबुक र ट्वीटर बन्द गर्ने भनेको छ ? भन्दै प्रश्न समेत गरे ।
विज्ञापन नीति र क्लिन फिड नीतिको कानून पारित भइसकेको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सरकारको नीति नभई करको दायरामा ल्याउन खोजिएको स्पष्ट पारे ।
बाँस्कोटाले भने, “लोकतान्त्रिक आन्दोलनको सङ्घर्ष र अभ्यासकै जगबाट वर्तमान सरकार बनेको हो । यसले प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न सकिँदैन । सरकारका नीतिहरु पढेर मात्रै आलोचना गर्न म आग्रह गर्दछु । हामी नियन्त्रण होइन, नियमन गर्न चाहन्छौँ ।”
प्रतिक्रिया