काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तीसम्झौता हुदाको समयमा स्व. गिरिजा प्रसाद कोइरालाले मुख्य लिड लिएको बताएका छन् ।
आइतबार रिपोर्टस क्लब नेपालको २१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले शान्तीसम्झौतामा स्व. गिरिजा प्रसाद कोइरालाले मुख्य लिड लिएको बताएका हुन् ।
कांग्रेस नेता रामशरण महतको पनि उपस्थिति रहेको उक्त कार्यक्रममा प्रचण्डले महतको पनि ध्यानाकर्षण गराउदै शान्तीसम्झौतामा स्व. गिरिजा प्रसाद कोइरालाले ठुलो भुमिका निर्वाह गरेको बताए ।
उनले स्व. गिरिजा प्रसाद कोइरालाई गलत लान्छना र आरोप लगाउनु गलत हुने भन्दै उनलाई आरोप लाउनु भनेको अहिलेको सम्पुर्ण परिवर्तनलाई लान्छना लगाए सरह हुने बताए ।
प्रतिक्रिया