डा. नेहाको कार्यस्थलमै गोलीहानी हत्या

७ बर्ष अगाडि

काठमाडौं – पञ्जाबको खरडस्थित कार्यालयमा काम गरिरहेकी डाक्टर नेहा शौरीलाई अज्ञात व्यक्तिले गाेलीहानी हत्या गरेका छन् । । 

उनी फूड एण्ड एडमिनिस्ट्रेशनमा ड्रग इंन्स्पेक्टरको पदमा कार्यरत थिइन् । अज्ञात व्यक्तिले नेहा ड्रग एण्ड केमिकल टेस्टिङ लेवोरेटरीमा भएकै बेला गोली चलाएका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । महिला अधिकारीको हत्यापछि परिवारमा शोक परेको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले हत्याविरुद्ध मुद्धा दायर गरेको छ ।

प्रहरीले महिला अधिकारीको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो । उनको कसले र किन हत्या गरियो खुलेको छैन ।

७ बर्ष अगाडि

प्रतिक्रिया