काठमाडौं – राज्यबाट सुविधा लिन तीन हात उफ्रेर पुग्ने व्यापारी तथा व्यवसायी राज्यलाई कर तिर्न भने आनाकानी गर्ने गरेको पाइएको छ ।
पछिल्लो पटक कर कार्यालयहरुले जारी गरेको सूचनालाई नै हेर्ने हो भने पनि त्यस्तो अवस्था रहेको सहजै देख्न सकिन्छ ।
कर तिर्न आनाकानी गर्ने त्यस्ता संस्थालाई सूचना मार्फत जानकारी दिने गरिएको छ । कर तिर्न अटेर गर्ने संस्थतालाई वा व्यवसायिक फर्मलाई कारवाही भयो भन्ने सून्न र देख्न भने सकिएको छैन ।
ठूला करदाता कार्यालय आज पनि त्यस्तै सूचना प्रकाशित गरेको छ । कर तिर्न अटेर गरेका विभिन्न १८ वटा व्यवसायीयक संस्थाको सूची ुसमेत सार्वजनिक गरिएको छ ।
ठूला करदाता कार्यालयले आज प्रकाशित गरेको सूचना अनुसार चिनियाँ कम्पनी देखि इटालीको कम्पनी सिएमसीसम्म रहेका छन् ।
नेपालमा पछिल्लो समय बदनामी मात्रै कमाएको चिनियाँ कम्पनी गेजुवाले समेत कर तिर्न अटेर गरेको ठूला करदाता कार्यालयले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ । चिनियाँ कम्पनी गेजुवाले आयक र नतिरेको भन्दै सो कम्पनीका प्रमुख व्यक्ति थ्यान कङको नाममा सूचना प्रकाशित गरेको छ । तर के कति मात्रामा कर तिर्न हटेर गरेको हो भन्ने बारेमा सूचनामा केही पनि जानकारी दिइएको छैन ।
यस्तै मेलम्ची खानेपानी आयोजना अलपत्र पारेको सिएमसीलाई समेत कर तिर्नका लागि अटेर गरेको भन्दै सूचना प्रकाशित गरिएको छ । सो कम्पनीले तनहुँ सेती जलविद्युत् आयोजना समेत अलपत्र पारेको छ । सो कम्पनीका नेपाल हेर्ने प्रमुख व्यक्ति सालमाटोर कासीउरोलाई कर तिर्न आउन सूचनामा उल्लेख छ ।
यस्तै नेपाल टोबाकोका प्रकाशचन्द्र सक्सेना, अरनिको आँबु खेरेनी सिमेन्६ प्रालिका सुरेन्द्र तझ्या, अशोक स्टिलका पुनम चन्द अग्रवाल, देवेनरा टे«डिङका नारायणप्रसाद मुन्दडा, नोयल जिएमविएचका डेवेस मण्डल, भैरव फोटो एण्ड मल्टस् सप्लायर्सका गोपालबहादुर पा्ख्रेल, त्रिपुरेश्वर कन्डक्टरका पदमप्रसाद लुइटेल, हिमालयन एयरलाइन्सले समेत आयकर र मूल्यकर समेत नतिरेको पाइएकाले कर तिर्न तोकता गरिएको हो । दिर्वगत व्यापारी आङ छिरिङ शेर्पाको समेत लगानी रहेको हिमालयन एयरलाइन्सले समेत कर तिर्न अटेर गर्दै आएको छ ।
कर तिर्न अटेर गर्ने कम्पनी तथा व्यवसायीक फर्मलाई १५ दिन भित्र कर बुझाउन समेत आग्रह गरिएको छ ।
प्रतिक्रिया