सम्बन्धविच्छेदको संघारमा प्रियंका र निकको सम्बन्ध !

६ बर्ष अगाडि

मुम्बई – बलिउड तथा हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले गत डिसेम्बरमा अमेरिकी पप गायक निक जोनससँग बिहे गरिन् । राजस्थानको जोधपुर शहरमा बिहे गरेका प्रियंका र निकको विवाहले लामो समयसम्म सञ्चार माध्यममा चर्चा पाइरह्यो । 

लगभग ११ वर्षको वर्ष जेठी प्रियंकासँग विवाह बन्धनमा बाँधिएका २५ वर्षिय निक विवाहका हरेक तस्बिरमा प्रियंकासँगसँगै हरेक पलमा भाइरल भइरहे । उनीहरुको विवाहपछि हरेक सयम सञ्चार माध्यमको नजरमा परिरहेका प्रियंका र निकको विवाह भएको ४ महिना मात्रै पुगेको छ । तर, ४ महिना नबित्दै यी दुईको बीचमा टकराव भएको हल्ला चलेको छ । 

एक भारतीय म्यागाजिनका अनुसार यी दुईको बीच आजभोलि मनमुटाव सुरु भएको छ । र दुवैले छुट्टिने निर्णय लिने सोचमा रहेको बताइएको छ । सुत्रको अनुसार उनीहरुको बीचमा हरेका कुरामा लडाईं झगडा सुरु भएको छ । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार उनीहरुको झगडाको पछाडि हतारमा विवाह हुनु हो । 

सुत्रको भनाईलाई उद्धृत गर्दै पञ्जाव केशरीले लेखेको छ, निकले विवाहअघि प्रियंका समझदार युवती भएको महसुस गरेपनि विवाहपछि उनको व्यवहार ‘कन्ट्रोलिङ’ भएको आरोप लगाएका छन् । 

यद्यपि, प्रियंका निकट साथीभाईले यो समाचार हल्ला मात्रै भएको उल्लेख गरेका छन् । उनीहरु सुखी जीन्दगी विताइरहेको उनीहरुको दाबी छ । उनीहरु यतिबेला जोनस परिवारसँग मियामीमा छन् । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया