नागरिक लगानी कोषले दुई अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्ने

७ बर्ष अगाडि

काठमाडौं – नागरिक लगानी कोषले २ अर्ब ३० करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।

कोषले आज एक सूचना मार्फत ‘क’ वर्गका वाणिज्य बैंकका १ वर्षका लागि मुद्दती निक्षेपामा राख्न लागेको जनाएको छ ।

कोषले उक्त रकम लगानी गर्न चाहनते बैंकलाई आफूले लिन चाहेको व्याजदर, व्याज भुक्तानी अवधि उल्लेख गरी आवेदन दिन आग्रह गरेको छ ।

कोषले यही चैत २० गते भित्र आवेदन दिन र त्यस्तो आवेदन शिलबन्दी प्रस्तावका रुपमा बुझाउन समेत भनेको छ ।

कोषमा जम्मा भएको रकमलाई लगानीका विभिन्न अवसर समेत खोजीरहेको बोषले मुद्दती निक्षेपमा राखी कोषको व्यवस्थापन गर्न लागेको हो । तर अर्थ मन्त्रालयले भने कोषलाई बजार नै प्रभावित पार्ने गरी व्याज दर नतोक्न र सो अनुसारको व्यवहार नगर्न यसअघि नै निर्देशन दिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया