काठमाडौं । आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी कलाकार सरिता लामिछानेविरुद्ध कलाकार संघका साधारण सदस्य सुरज आरडीले जिल्ला प्रशासन कार्यालय काठमााडौंमा उजुरी हालेका छन् ।
कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै आरडीले लामिछानेविरुद्ध उजुरी दिएका हुन् । आरडीले कलाकार लामिछानेमाथि २ फिल्ममात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् ।
विधानमा भने ५ वटा फिल्म अभियन गर्नुपर्ने प्रावधान राखिएको छ । थोरै फिल्म खेलेर पनि कलाकार संघमा बढी चलखेल गर्नेले गर्दा धेरै फिल्म खेलेका कलाकारहरु पछि परेको आरोप आरडीले लगाए ।
प्रतिक्रिया