काठमाडौं– पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको पछुवा गाडीले बबरमहलमा एक स्कुटरलाई ठक्कर दिएर फरार भएको छ ।
शनिवार विहान १० बजेर ४५ मिनेटमा सशस्त्र प्रहरी बलको लापरवाहीपूर्वक चलाइएको बा। १ झ ९५२७ को पछुवा गाडीले एक स्कुरटरलाई ठक्कर दिएर लडेपनि वेवास्ता गर्र्दै अगाडि बढेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी सवार उक्त भ्यान पूर्व प्रधानमन्त्री चन्दको सुरक्षामा खटिएको पाइएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको उक्त दृश्यको अगाडि इमर्जेन्सी लाइट बालेर हिँडेको एउटा सेतो कलरका स्कारपियो देखिन्छ । उक्त स्कारपियोमा लोकेन्द्रबहादुर चन्द सवार थिए ।
स्कारपियोको पछाडि सशस्त्र प्रहरीको भ्यानले इमर्जेन्सी लाइटसहित पछ्याइरहेको छ । दायाँतिर रातो कार र सशस्त्रको भ्यानको चेपुवामा एउटा स्कुटर पर्छ । अनि जिकज्याक तरिकाले चलाएको भ्यानले च्याप्दा स्कुटर ढल्छ ।
स्कुटर पछाडिको मोटरसाइलक पनि ढलेर स्कुरमा ठोकिन्छ । दुर्घटना भएको भ्यानको पछाडि बस्ने चारजना सुरक्षाकर्मीले देखेका छन्, तर भ्यान बेतोडले दौडिन्छ ।
स्कुरटरको नम्बर पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिँदै ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता ९एसपी० जयराज सापकोटाले भने, ‘अगाडि भीआईपीको गाडी देखिन्छ, पछुवा गाडी जिकज्याक भएर हिँडेको देखिन्छ हामी बुझिरहेका छौं दुर्घटना गराएर रेस्पोन्स नगर्ने चालकलाई कारवाही हुन्छ ।’
प्रतिक्रिया