देशभरका प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन

७ बर्ष अगाडि

काठमाडौँ – प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा शुक्रबार दिउँसो बैठक बसेकाे हो ।

मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको अधिकारीको रहोबरमा जाँच गर्नेछ ।

देशभरका सबै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र नजिकको प्रहरी चौकीमा राखिएका छन् । साँझ ६ बजेसम्म पश्नपत्रको सुरक्षा अवस्था जाँच सकेर सुरक्षा समितिको बैठक पुनः बस्नेछ । उक्त बैठकले थप निर्णय लिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए ।

परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति रहने व्यवस्था छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया