काठमाडौं, २२ माघ– पूर्व राजा ज्ञानेन्द्र शाहले हिन्दुत्वको विषयमा आफूले खुला छलफल चाहेको बताएका छन् ।
पूर्व राजा शाहले लक्ष्य पूरा नभए अर्को बाटो रोज्नु परेपनि सिद्धान्त भने छोडन नहुने धारणा समेत राखे ।
सोमबार भारत भ्रमणमा जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ उनले राष्ट्रले लिएका मान्यताहरु व्यवहारिक र सबैलाई मान्य हुनुपर्नेमा पनि जोड दिए ।
पूर्वराजा शाहले रुखका पातहरु झरेपनि जराहरु फेरिन्न भन्दै दृष्टान्त पनि पेश गरे ।
पूर्व राजा शाह उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी उनी भारत गएका हुन् । भारतबाट उनी २ सातापछि स्वदेश फर्किने बताइएको छ ।
प्रतिक्रिया