शिक्षामन्त्री गिरिराजमणी पोखरेलको राजीनामा माग

७ बर्ष अगाडि

काठमाडौँ – प्रदेश दुईका कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको राजीनामा माग गरेका छन् ।

यादवले संघले षड्यन्त्रपूर्ण तरिकाले प्रदेश २ लाई बदनाम गराउन खोजेको आरोप लगाउदै शिक्षामन्त्री  गिरिराजमणी पोखरेलको राजीनामा माग गरेका हुन् । 

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबुर राउतले पनि यस्तै आरोप केन्द्र सरकारप्रति लगाएका थिए । संघबाटै प्रश्न पत्र आउट गराएर प्रदेशलाई बदनाम गराउन खोजेको उनको आरोप छ । प्रदेश २ का आठै जिल्लाका सुरक्षा निकायसँगसम्पर्क गर्दा प्रदेशबाट प्रश्नपत्र नबाहिरिएको देखिएको भन्दै उनले संघ सरकारले नै यस्तो कार्य गराएकाले संघीय सरकारका शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई)को लगातार दुई वटा विषयको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन गरेको छ । प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माको नेतृत्वमा गठित ३ सदस्यीय छानबीन समिति गठन गरिएको हो  ।

७ बर्ष अगाडि

प्रतिक्रिया