निर्मला हत्या प्रकरण : शंकास्पद दुईजना पक्राउ

७ बर्ष अगाडि

कन्चनपुर – कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा शंकास्पद दुई जना पक्राउ परेका छन् । 

विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुईजनालाई पक्राउ गरेको हो । 

कन्चनपुरमै रहेर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुईजनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो । 

पक्राउ परेका व्यक्तिबारे प्रहरीले भने केहि खुलाएको छैन । पक्राउ परेलगत्तै उनिहरुसँग ब्युरोले बयान समेत लिइसकेको छ । बयानको क्रममा शंका उब्जिएपछि उनीहरुलाई डीएनए जाचका लागि  र अन्य अनुसन्धानका लागि भन्दै राजधानी ल्याउन लागिएको राजधानी दैनिकमा खबर छ ।  

७ बर्ष अगाडि

प्रतिक्रिया