काठमाडौँ – काँग्रेस नेता गगनकुमार थापालाई लक्षित गरी चैत १८ मंसिर २०७४ मा काठमाडौँको बुढानीलकण्ठ नजिकै चपलीहाइट माटो कोलनीमा बम विस्फोट भयो ।
चुनावी घरदैलोका क्रममा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–४ का काँग्रेस उम्मेदवार थापासहित उनको चुनाव प्रचारमा खटिएका ११ कार्यकर्ता घाइते भए । थापाले केही इन्चले आफू घटनामा मात्र बाँच्न सफल भएको प्रतिक्रिया दिए ।
उक्त प्रकरणलाई लिएर उल्टै थापामाथि धेरै आरोपसमेत लाग्यो । थापाले भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले आफूमाथि बम हमला गरेको बताएका थिए । तर, घटनाको एक वर्ष चार महिनापछि उक्त घटनामा विप्लव समूहकै संलग्नता रहेको पुष्टि भएको छ ।
यसरी भयो घटनाको पर्दाफास
सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता÷कार्यकर्तालाई प्रहरीले देशभरबाट पक्राउ गरिरहेको छ । शनिबार राति काभ्रेबाट पक्राउ पर्नुअघि मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीलाइ काभ्रेबाटै पक्राउ गर्न खोजिएको थियो ।
उनलाई पक्रन गएको प्रहरी टोलीमाथि सेल्टरबाहिर ओलीको सुरक्षामा खटिएका विप्लव कार्यकर्ताले गोली चलाए । प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भयो । गोलीको आवाज सुनेपछि ओली त्यहाँबाट भाग्न सफल भए । तर, प्रहरीले आफूमाथि आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरेको थियो । जसमा थिए विशाल भनिने राजिव तामाङ । तामाङ नै हुन् गगनमाथि बम हमला गर्ने । पक्राउ परेपछि प्रहरीले उनीबाट साविती बयान पनि लिएको छ । उनले प्रतिनिधिसभा निर्वाचनमा गगन र काँग्रेस नेता डा. रामशरण महतामाथि ककनीमा बम विस्फोट गराएको स्वीकार गरेका छन् ।
३३ वर्षीय तामाङले नै ललितपुरको नख्खुस्थित एनसेल टावरमा बम विस्फोट गराएका थिए ।
प्रतिक्रिया