काठमाडौँ – नयाँ शक्ति नेपाल पार्टी र संघीय समाजवादी फोरम नेपालबीच एकता हुने भएको छ ।
अहिले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच औपचारिक वार्ता शुरु भइसकेको छ । एकताकै विषयमा नयाँ शक्ति नेपाल र फोरम नेपालबीच दुई पटक औपचारिक वार्ता भइसकेको छ ।
फोरम नेपालले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समिति र नयाँ शक्तिले नवराज सुवेदीको संयोजकत्वमा गरेको राजनीतिक संवाद समितिबीच छलफल भएको नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए ।
यी दुई दलबीच पहिला पनि पटक पटक वार्ता भएको थियो तर नेतृत्वका लागि कुरा नमिलेपछि तत्कालका लागि वार्ता स्थगित गरिएको थियो । एकीकरण अन्तिम चरणमा पुगिसकेको अवस्थामा नेतृत्वमा कुरा नमिल्दा चुनावपछि पुनः छलफल गर्ने गरी वार्ता स्थगित भएको थियो । त्यही वार्ता पुनः शुरु भएको छ ।
प्रतिक्रिया