काठमाडौँ – सर्वोच्च अदालतले विप्लव समूहका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनुलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ।
उनलाई पक्राउ गर्नुको लिखित जवाफ दिन पनि सर्वोच्चले भनेको छ ।
गत फागुन १० गते नख्खुस्थित एनसेलको मुख्यालयको गेट अगाडि गराइएको बम बिस्फोट घटनाको जिम्मा लिएका विप्लव माओवादीका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पाँचदिन अघि पक्राउ परेका थिए।
प्रतिक्रिया