काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्दा हेर्दे कांग्रेस कहाँ पुगिसकेको बताएका छन् ।
आज नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको विहिवार उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले अरु केहि निहु नभएकाले अबको प्रयास भनेको कम्युनिष्ट सरकार हटाउन चलखेल भएको बताए । कार्यक्रममा बोल्दै ओलीले कांग्रेसले राजतन्त्र फर्काउछु भन्नेलाई समर्थन गरेको भन्दै राजतन्त्र आउदा कांग्रेस मन्जुर भएको पनि दावी गरे ।
उनले कार्यक्रममा सम्बोधन गर्दे भने कठैबरा कांग्रेस हेर्दा हेर्दे कहा पुग्यो,कांग्रेसको माया लाग्छ मलाई । उनले कांग्रेस हेर्दा हेर्दे सर्पको खेलमा जस्तै ९९ मा पुगेर स्वाट्ट २ मा झरेको बताए ।
उनले कांग्रेसमाथि विचारमा पनि लोकतन्त्र नभएको दावी गरे ।
प्रतिक्रिया