धमाधम पार्टी परित्याग गर्दे विप्लवका कार्यकर्ता, भन्छन् हामी स्वतन्त्र नागरिक भएर रहन चाहन्छौँ

७ बर्ष अगाडि

काठमाडौं –  नेत्रविक्रम चन्द नेतृत्वको पार्टीबाट कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । सरकारले विप्लव नेतृत्वको पार्टीमाथी प्रतिवन्ध लगाएसगै कार्यकर्ताले पार्टी परित्याग गर्न थालेका हुन् । 

केहिदिनदेखि विप्लवका कार्यकर्ताहरु  स्वतन्त्र नागरिक भएर रहने भन्दै धमाधम पार्टी  परित्याग गर्न थालेका छन् । पार्टी परित्याग गर्ने क्रमलाई निरन्तरता दिदै आज पनि गोरखामा चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् । 

विज्ञप्तिमा समूहले पछिल्लो समय गरेको गतिविधिप्रति आफूहरुको असन्तुष्टि रहेको भन्दै समूह परित्याग गरेको उल्लेख गरिएको छ । “समूहको पछिल्लो कदमले अहिलेको सन्दर्भमा समूहलाई निष्कर्षमा पु¥याउँदैन”, विज्ञप्तिमा भनिएको छ, “हामी आजकै मितिबाट समूह परित्याग गरी स्वतन्त्र नागरिक भएर रहन चाहन्छौँ ।” 

तिनै जनाले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा समूहले गरेको क्रियाकलाप आफूहरुलाई मान्य नहुने उल्लेख गरिएको छ । गोरखा सिरानचोक गाउँपालिका–४चोरकाटे स्थायी ठेगाना भएका तीनै जना उक्त समूहमा सक्रिय कार्यकर्ताको रूपमा काम गर्दै आएका थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया