वाइड बडी खरीद प्रकरण : संसद्को अर्को छानबनिमा दोषी देखिएलान् त दिवंगद मन्त्री अधिकारी

७ बर्ष अगाडि

काठमाडौँ – विदंगत मन्त्री रवीन्द्र अधिकारीको  समेत नाम जोडिएको नेपाल वायु सेवा निगमको दुई वटा वाइड बडी जहाजको छानबनि प्रतिवेदन केही दिन भित्रै  बुझाउने तयारी गरिएको छ ।

वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले यही चैत  १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

उपसमिति बैठकले वाइडबडी खरिद प्रक्रियासँग जोडिएका संघसंस्था र व्यक्तिमाथि पनि छानबिन गरेर प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ ।

उपसमितिका संयोजक दीपकप्रकाश भट्टले वाइडबडी तथा न्यारोबडी खरिद प्रक्रियामा भएका अनियमितताबारे विभिन्न चरणमा छलफल गरेर प्रतिवेदन बनाइने जानकारी दिए ।

उनले वाइड बडी जहाज खरीदमा देखिएका सबै जसो अनियमितताका बारेमा अध्ययन एवम् छानबनि गरेको बताउका छन् । मन्त्री संलग्न देखिए कि देखिएनन् भन्ने बारेमा भने उनले केही पनि बताएनन् । तर खरीद प्रक्रियामा भने केही न केही कमजोरी भएको भेटिएको छ । त्यसलाई सविस्तार घटनाक्रम सहित उल्लेख गर्ने प्रयास गरेका छौ ।

सांसद भट्टले छानबिनका क्रममा दोषी देखिने सबैलाई कारवाहीको दायरामा ल्याइने समेत स्पष्ट पारेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया