काठमाडौँ –मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार तथा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपाल विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मंगलबार अख्त्यिारमा उजुरी दर्ता गराएका छन। विवेकशीलको दर्शनासहितको टोलीले मंगलबार अख्तियार दुरुपयोग आयोगको केन्द्रीय कार्यालय टंगालमा पुगी अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालालाई उजुरी बुझाएको थियो।
उजुरीमा मेलम्ची आयोजनामा भएको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
मन्त्री मगरको विज्ञप्ति
आफुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी खानेपानी मन्त्री विना मगर एक विज्ञप्ति जारी गर्दै विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना माथि नाम नै कितानी गर्दै आफु माथि चरित्र हत्या गर्न खोजिएको दोष लगाएकी छिन् ।
विज्ञप्ति मार्फत मन्त्रीले जारी दुई पृष्ठ लामो विज्ञप्तिमा भनिएको छ, मेलम्ची आयोजनामा अनियमिता भएको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु ।

प्रतिक्रिया