रुपन्देहीमा गोली हानी भारतीय नागरिकको हत्या

७ बर्ष अगाडि

रुपन्देही– रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । बुटबलको मैनाबगरमा बुधबार साँझ भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या भएको हो । उनी स्थानीय अटोभिलेज रेस्टुरेन्टमा कार्यरत रहेका थिए । 

उनको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । उनको कसले  र किन हत्या गर्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया