पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा

७ बर्ष अगाडि

काठमाडौँ– भ्रष्टाचार आरोप लागेका पूर्वमन्त्री बद्री न्यौपाने धरौटीमा रिहा भएका छन् । 

विशेष अदालतका मुख्य न्यायाधीश बाबुराम रेग्मीसहित तीन न्यायाधीशको संयुक्त इजलासको  ५ लाख धरौटी माग गरेपछि सो बुझाएर न्यौपाने बुधबार रिहा भएका हुन् ।

न्यौपानेविरुद्ध भृकुटीमण्डपस्थित फनपार्ककको जग्गा भाडामा दिने बेला राज्यलाई साढे ३१ करोड घाटा पुर्याएको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गत माघ २१ गते मुद्धा दायर गरेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया