कानुन मन्त्रीले हाने श्रम तथा रोजगार कार्यालयमा 'रेड'

७ बर्ष अगाडि

जनकपुरधाम – श्रम तथा रोजगार कार्यालय जनकपुरमा पटक पटक आईरहेको गुनासोलाई मध्य नजर गर्दै प्रदेश २ का आन्तरीक तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले वुधवार अनुगमन गरेका छन् । 
श्रम तथा रोजगार कार्यालय जनकपुरमा अनुगमन गर्दै समस्याहरू देखा पर्यो र उक्त समस्याहरूलाई तुरून्त समस्या समाधान गरि सभ्य तरिकाले काम गर्न कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई निर्देशन दिए । 
अनुगमनको क्रममा सेवा ग्रहीहरूले मन्त्रि यादवलाई चारै तर्फ घेरा हालेर आफनो आफनो गुनासो पोखेका थिए । 
मन्त्रि यादवले सेवा ग्रहीले गरेको गुनासोलाई मध्यनजर गर्दै कार्यलय प्रमुख मनोज यादवलाई तुरून्त समस्या सामाधान गर्न आग्रह गरे । 
त्यस्तै श्रम तथा रोजगार कार्यालय जनकपुरका प्रमुख मनोज यादवले काम काजमा कुनै किसिमको कमपकमजोरी नभई शुलभ तरिकाले सेवा प्रादन गर्ने प्रतिबद्धता व्यत्त गरे । 

प्रदेश नम्वर २ जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालय धनुषामा काम गराउन आउने व्यत्ति बिचौलियाहरू हावी भएको छ । 

श्रम तथा रोजगनर कार्यालय जनकपुरमा भईरहेको अनियमितता तथा लापरवाही जन्य कामको लागातार  गुनाशो आएको हुनाले आफै अनुगमन गरेर श्रम तथा रोजगार कार्यालयको काम काज अब गुनस्तरीय हुने  प्रदेश २ का आन्तरीक मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र यादवले विश्वाष व्यत्त गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया