५० लाख अवैध भारतीय नोटको कारबारी पक्राउ

७ बर्ष अगाडि

काठमाडौं–  प्रहरीले प्रतिबन्धित ५ सय र एक हजार दरका झण्डै ५० लाख भारतीय रुपैयाँँ बरामद गरेको छ ।  प्रहरीले उक्त  प्रतिबन्धित नोटसहित मोरङका सुनिल देव वैश्य, नुवाकोटका चेतबहादुर नेपालीलाई पक्राउ गरेको छ । 

काठमाडौंको लाजिम्पाट क्षेत्रमा पूराना भारतीय नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले  ४९ लाख ३१ हजार ५० सय भारतीय रुपैयाँ बरामद गरेको हो । 
बिहिबार आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले  १००० दरका २२०६ थान र ५०० दरका ५४५१ थान नोट बरामद गरिएको बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया