विप्लव समूहकाे चैत १६ गते नेपाल बन्द (विज्ञप्तीसहित)

७ बर्ष अगाडि

आफ्ना नेता कार्यकर्ताको पक्राउको विरोध गर्दै नेकपा विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको छ । पक्राउ परेका नेता कार्यकर्ताको रिहाइका निम्ति चैत १६ गते नेपाल बन्द गरेको उसले विज्ञप्तीमा लेखेको छ । सरकार अलोकप्रिय, असफल र सङ्कटग्रस्त बन्दै गएको विप्लवद्धारा जारी विज्ञप्तीमा भनिएको छ । आफ्नो असफलता र बदनामी छोप्न आफूहरुप्रति फासिवाद लाद्न पुगेको नेकपा विप्लव समूहले आरोप लगाएको छ ।

पार्टीका नेता कार्यकर्ता माथि सरकारले धरपकड गरेर अशान्ति मच्चाएको उसले आरोप लगाएको छ । पक्राउ नेताहरुको रिहाइको माग गर्दै बन्द गर्नुपरेको विज्ञप्तीमा भनिएकाे छ । जारी एसईईलाई असर नपरोस भन्दै शनिबारको दिन बन्द गरिएको पनि उसले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया