बोइङ ७३७ संकटमा पर्दा प्रतिस्पर्धी एयरबसलाई ठुलो फाइदा

७ बर्ष अगाडि

पछिल्लो अमेरिकी विमान निर्माता बोइङ ७३७ म्याक्समा देखिएको समस्याका कारण संघर्षरत छ । बोइङको यस संकटको फाइदा उसको सबैभन्दा ठूलो प्रतिस्पर्धी एयरबसलाई पुगेको देखिएको छ । 

एयरबसले सोमबार चीनबाट ठूलो संख्यामा विमानको अडर पाएको घोषणा गरेको छ । घोषणा अनुसार चिनियाँ एयरलाइनहरुका प्रयोगको लागि ३०० यात्रुवाहक विमान खरिद गरिएको छ । 

फ्रान्समा भ्रमण रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

अर्डर गरिएको कुल ३०० विमानमा २९० विमानहरु ए३२० मोडलका र बाँकी १० वटा विमानहरु ए३५० का छन् । एक विज्ञप्तिमा एयरबसले यो सम्झौता चीनको सम्पूर्ण क्षेत्रका हवाई बजारमा भइरहेको तीव्र विस्तारको बलियो संकेत बताएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया