नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशष्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई बिहिबार विहान दर्जानी चिह्न प्रदान गरिएको छ ।
गृह सचिव प्रेमकुमार राईले गृह मन्त्रालयमा एक कार्यक्रमका बीच नव नियुक्त नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशष्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई दर्जानी चिह्न प्रदान गर्नु भएको हो । खनालद्धयलाई मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले राज्यले दिएको जिम्मेवारी व्यवसायिक कुशलताका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले विधिको शासन स्थापना गर्ने, सुशासन दिने र मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई सफल बनाउन नेपाल प्रहरी प्रतिवद्ध रहेको पनि बताउनु भयो । नवनियुक्त महानिरीक्षक खनालले प्रहरी संगठनलाई सुदृढ बनाउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
त्यसैगरी नवनियुक्त सशष्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले पनि सरकारको आदेश अनुसार जनताको जीउधनको सुरक्षा प्रदान गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नेपाल सरकारको कार्यादेश तथा सशष्त्र प्रहरी ऐनद्धारा प्रदत्त जिम्मेवारी पालना गर्ने पनि बताउनु भयो । महानिरीक्षक खनालले मुलुकमा आईपरेको विपत्ति सामना गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने पनि बताउनु भयो ।
सशष्त्र प्रहरी बल महानिरीक्षक खनालले सशष्त्र प्रहरी बललाई राष्ट्रको सेवामा समर्पित गराउन समक्ष बनाउने पनि बताउनु भयो ।
प्रतिक्रिया